एनसेल टावर जलाएको आरोपमा विप्लव माओवादीका नेता प्रहरी नियन्त्रणमा
सोमबार, ३१ जेठ २०७३, १२ : ३६
म्याग्दी - दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानबिन गर्न प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई जना नेतालाई नियन्त्रणमा लिएको छ ।
बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान ‘आकाश’ र पदम पुन ‘फिल्टर’लाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।
पसलमा काम गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका अर्का नेता गोपाल शर्माले बताए । शर्मालाई पनि आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छोडेको थियो ।
एनसेलको टावरमा आगजनी भएको घटनाको छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए । बेनी नगरपालिका–४ बन्चरेडिलस्थित एनसेलको टावरमा शनिबार साँझ आगजनी भएको थियो । आगजनीबाट जेनेरेटरमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण