लभ सब अब घरमै हेर्न पाइने , युट्युबमार्फत पुरा फिल्म सार्वजनिक
काठमाडौँ- चलचित्र ‘लभ सब’ दर्शक माझ रुचाइएको सफल चलचित्र हो । हरि ओम सिने मकेर्सको प्रस्तुति लभ सब का निर्देसक देव कुमार श्रेष्ठ हुन् भने निर्माता सुशील कुमार पोखरेल हुन् | यो चलचित्र दुई जना प्रेमी तथा एउटी प्रेमिकाबीचको प्रेमको वरिपरि घुमेको छ । ‘सायद’बाट प्रभाव जमाएका नायक संयम पुरीले चलचित्र ‘लभ सब’मा टुहुरो एवं बहिरो युवकको भूमिका निर्वाह गरेका छन् | ‘होस्टल’बाट धेरैको मन जितेका नायक सलोन बस्नेत तथा हास्यकलाकार शिशिर भण्डारीले चलचित्र ‘लभ सब’मा पनि दर्शकहरूलाई मनग्गे हँसाउछन् । सलोन यो चलचित्रमा लफंगा युवकको भूमिकामा छन् भने शिशिर जुत्ता सिलाउने काम गर्छन् । संयम र सलोन धनी परिवारकी युवती करिश्माप्रति आकर्षित छन्, तर त्यसमा केही झमेला आइलाग्छ ।
प्रेम र त्यागको कथामा हास्यरस मिसाइएको चलचित्र ‘लभ सब’ लाई दर्शकहरु बिशेसत: युवाहरुले अत्यधिक रुचाएका थिए | लभ सब हेर्न नपाएका दर्शक हरु ले अब घर मै बसेर सो चलचित्र हेर्न पाउने छन् | लभ सब चलचित्र हालै युत्युब मार्फत सार्वजनिक गरिएको छ | चलचित्र सावजनिक भएको २४ घण्टा नाबिद्दै ४० हजार भन्दा बढीले सो चलचित्र हेरेका थिए |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण