नेपाल बजारमा स्कोडा यतीका नयाँ कार
काठमाडौ–नेपालमा स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा यतीको फेस लिफ्ट कार नेपाली बजारमा ल्याएको छ । स्पोर्टस् युटिलिटी भेहिकल सेग्मेन्टको बजारमा आफ्नो उपस्थिति बलियो बनाउन एमएडब्लुले डिजाइन र सुविधाहरुलाई अझ वढी ‘रिफ्रेस’ गरी युरोपेली ब्रान्ड स्कोडा कार नेपालमा ल्याएको हो । नेपाली बजारमा स्कोडा दुई प्रकारका डिजेल इन्जिनमा उपलब्ध रहेको जनाइएको छ । २.० टीडीआई सीआर ८१ किलोवाट र २.० टीडीआई सीआर १०३ किलोवाट रहेको जनाइएको छ । यसमा ६ वटा स्पिडको म्यानुअल ट्रान्समिसन रहेको र स्कोडाको नयाँ यतीले यात्रुलाई अत्यधिक शक्ति, बेजोड नियन्त्रण र कम इन्धन खपतको अनुभव दिलाउने कम्पनीले जनाएको छ । स्कोडा यती व्यवहारिक, किफायती र विश्वासिलो कार रहेको र पारिवारिक जीवनलाई सुहाउने गरी डिजाइन गरिएको जनाइएको छ । यसको माइलेज १७ किलोमिटर प्रति लिटर रहेको छ । इन्धन खपत र उत्सर्जन कम हुन सक्छ भन्ने कुराको प्रमाण पनि स्कोडा यती रहेको र नयाँ यती नेपालभरका सबै आधिकारिक स्कोडा शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । फेसलिफ्ट मोडेल प्रविधि र सुरक्षा व्यवस्थालाई ध्यानमा राखिएको यो कार व्यवहारिक, विश्वासिलो र क्लेभर कार रहेको एमएडब्लु इन्टरप्राइजेज स्कोडा डिभिजनका बिजनेस हेड सुरज मानन्धरले जनाएका छन् । बजारमा उपलब्ध सबैभन्दा सुरक्षित कारमध्ये पर्ने यतिले सन् २००९ मा गरिएको युरो एनसीएपी क्र्यास टेस्टमा अधिकतम पाँच अंक पाएको जनाइएको छ । वजारमा उपल्व्ध भएको दुई स्कोडा यतीको मुल्य क्रमश ७२ लाख ९५ हजार र ७७ लाख ४५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण