एनसेल टावरमा आगजनीको आरोपमा विप्लव माओवादीका नेता पक्राउ
सोमबार, ३१ जेठ २०७३, १५ : ११
उदयपुर – एनसेलको टावरमा आगजनी गरेको आरोपमा नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा माओबादीका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जिल्लास्तरीय कार्यकर्ता पूर्णबहादुर तामाङ र राजन आचार्य रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । उनीहरुलाई जिल्लाको रामपुर ठोक्शीला ७ को टावरमा आगजनी गरेको आरोपमा सोमबार बिहान पक्राउ गरिएको प्रहरी उपरिक्षक नरबहादुर केसीले बताए ।
तामाङ्ग विप्लव समूहको उदयपुर क्षेत्र नं. १ का अध्यक्ष हुन भने आचार्य सचिव रहेको माओवादीका जिल्ला सेक्रेटरी केदार कुमार राईले बताए ।
टावर आगजनीमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको र प्रहरीले झुटा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाए । उनले पक्राउ परेको तामाङ्ग अपाङ्ग र आचार्य बृद्ध रहेकोले उनीहरुले आगजनी गर्न नसक्ने दावी गरे ।
ठोक्शीला ७ को गुरुङचौरीमा रहेको एनसेल टावर र जिल्लाकै रौता गाविसको वडा नं. ९ मुर्कुचीस्थित टावरमा अज्ञात समूहले आईतबार विहान एकैचोटी आगजनी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार आगजनीबाट टावरमा के कति भयो भन्ने यकिन गर्न भने बाँकी छ । एनसेलको प्राविधिक टोलीले घटनास्थलको अनुगमन गरेपछि मात्र क्षति विवरण आउने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण