दिल्लीबाट एक नेपाली बेपता
सोमबार, ३१ जेठ २०७३, १७ : २६
राजविराज - सप्तरीबाट रोजगारीका लागि पञ्जाव गएका एक नेपाली भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । सप्तरीको पातो गाविस–१ निवासी ३५ वर्षीय राजु मण्डल आफ्नै गाउँकै साथीसँग रोजगारीको सिलसिलामा पञ्जाव जाने क्रममा भारतको नयाँ दिल्लीस्थित ट्रेनको प्लेटफार्म–५ बाट बेपत्ता भएको उनका परिवारजनले जनाएको छ । भाइ बलिया मण्डलका अनुसार दुई दिनअगाडि घरबाट हिँडेको दाइ दिल्ली पुगेपछि सम्पर्कविहीन भएको जानकारी दिनुभयो । मण्डल बेपत्ता भएपछि उनको परिवारमा अहिले रुवावासी छ । यसैबीच, बेपत्ता भएका आफ्ना दाइलाई भारतबाट खोजी गरी नेपाल फर्काई दिन हुन भाइ बलियाले नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण