दिप्सनले ल्याए ‘ॐ नमः शिवाय’ (भिडियो)
यूवा गायक दिप्सन क्षेत्रीको सोलो एल्बम ‘दीप’ मा समावेश ‘ॐ नमः शिवाय’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाज रहेको उक्त गीतमा सञ्जिव बराइलीको एरेन्ज रहेको छ ।
पशुपतिका साधुसन्तहरुको विभिन्न क्रियाकलापहरुलाई भिडियोमा चित्रण गरिएको छ । श्री पराजुलीको छायाँकन र सम्पादन रहेको भिडियोलाई चर्चित गायक बादल प्रसाईले निर्देशन गरेका हुन् ।
भिडियोमा बादलको निर्देशकीय क्षमता अब्बल देखिएको छ । गायक दिप्सन क्षेत्रीको सोलो एल्बम “दीप” मा समाबेश ४ औं नम्बरको गीतको भिडियो हो, “ॐ नमः शिवाय” । योसँगै दिप्सनको एल्बम “दीप” मा “तिम्रो याद”, “अनिता”, “छम छम”, “यो माटो” र “बाल मतलब” बोलका गीतहरु रहेका छन् । यि सबै गीतमा शब्द, संगीत र आवाज गायक दिप्सनकै रहेको छ ।
झापामा जन्मिएका गायक दिप्सनले एल्बम “दीप” मा समाबेश “अनिता” बोलको गीत आफ्नो श्रीमतीका लागि कोरेका हुन् । श्रीमतीको नाम अनिता तामाङ्ग भएका कारण गायक दिप्सनले श्रीमतीको तारिफमा यो गीतको रचना गरेका हुन् ।
सानैदेखी गीत गाउन, डान्स गर्न मनपराउने दिप्सनले पहिलो पटक सोलो एल्बम “दीप” बजारमा ल्याएका हुन् । एल्बमको विषयमा बोल्दै गायक दिप्सनले आफ्नो अथक मेहेनतपछि बजारमा आफ्नो सोलो एल्बम “दीप” लिएर आएको जानकारी दिए ।
युवापुस्ताका दर्शक, स्रोताहरुलाई लक्षित गरेर आफुले “दीप” एल्बम बजारमा ल्याएको पनि गायक क्षेत्रीले बताए । उनका अनुसार “दीप” एल्बममा समाबेश अन्य गीतहरुको भिडियोहरु पनि विस्तारै निर्माण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण