विश्व रक्तदाता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं–आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष दिन यो दिवस मनाउन थालिएको हो ।
दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरीएको छ ।
रगत शरिरमा रहेको रातो तरल पदार्थ हो यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिडलगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ ।
मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।
मानिस जिवित रहनकालागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने उनीहरुको ठहर छ ।
रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’ समेत भन्ने गरिन्छ ।
मानव रगत समूह ९ब्लड ग्रुप० पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।
रक्तदाता दिवसका अवसरमा ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालले पनि आज अस्पतालमा रहेको आफ्नै ब्लड बैंकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण