आमाहरुको पढ्ने धोको
बेनी – बेनी नगरपालीका–६ मंगलाघाटकी ५१ वर्षीया टकसरा राना पनि यसै वर्षदेखि म्याग्दी पुस्तकालय भवनमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा भर्ना भएर पढ्न थालेकी छिन् । उनले नेपाली र अंग्रेजी अंक, अक्षर चिन्ने र लेख्ने भएर मोवाईल, सामाजिक सञ्जाल चलाउने चाहना राखेकी छिन् ।
‘मोवाईलको अंक, अक्षर नचिनेर आएको फोन उठाउने भन्दा अरु गर्न सकिँदैन’ रानाले आफ्नो समस्या सुनाइन् । रानासंगै सो विद्यालयमा भर्ना भएर पढ्न थालेकी बेनी नगरपालीका–७ कालीपुलकी ५८ वर्षीया भूलमाया तिलीजालाई आफ्नै हातले नाम, थर लेख्ने ठूलो धोका छ । उनलाई उपभोक्ता समितिको बैठक, आमभेलामा सहभागी हुँदा र कार्यालयमा निवेदन लिएर जाँदा लेखपढ गर्न नजानेका कारण दुख र असजिलो लाग्ने गरेको छ ।
थरथर हात कमाएर भएपनि हस्ताक्षर सम्म गर्न सक्ने तिलीजा अंक, अक्षर लेखपढ गर्न सिक्नका लागि बेनीमा सञ्चालीत गृहिणी कक्षामा सहभागी भएकी छिन् । ‘हाम्रो पालामा विद्यालय थिएन् । पढ्न पाइएन्’ सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आएकी तिलीजाले भनिन्, ‘लेखपढ गर्न नजानेका कारण धेरै ठक्कर पाएकाले पढ्न थालेकी हुँ ।’
शिक्षाको अभावमा तिलीजा र रानाले जस्तै समस्या भोगेका पौद्ध महिलाहरु बैकल्पीक विद्यालयमा पढेर दश कक्षा उतिर्ण हुने लक्ष्य राखेर पढ्न थालेका छन् । उमेरका कारण आँखा कम देख्ने, बिर्सिने, पढाएको कुरा तत्कालै नबुझ्ने जस्ता समस्या भएपनि आमाहरु उत्साहीत हुँदै पढ्न आउने गरेको सहजकर्ता रिता गर्बूजा (रोका)ले बताइन् ।
घरको कामधन्दा सकेर दिउँसोको समयमा पढ्न जाने गरेको ताकम ४ घर भई हाल सदरमुकामको मंगलाघाटमा बस्दै आएकी कलावती सुवेदीले बताइन् । यात्रा गर्दा अथवा कतै जाँदा बसपार्क, गाडी नम्बर, कार्यालयको नाम नचिनेर दुख पाएकाले अब त्यस्तो दुख नपरोस भनेर पढ्न थालेको ५० वर्षीया सुवेदीको भनाई छ ।
निरक्षर र घरायसी तथा पारिवारीक कारणले विद्यालय तहसम्मको शिक्षा हाँसील गर्न नसकेकाहरुका लागि बेनी सामुदायीक उच्च मावि अन्तरगत शैक्षिक सत्र २०७३ देखि बैकल्पीक विद्यालय सञ्चालन गरिएको हो । ११० जना भर्ना भएका वैकल्पिक विद्यालयमा पूर्ण निरक्षर र सामान्य लेखपढ गर्न जान्नेहरुको छुट्टा-छुट्टै दुई वटा समूह बनाइएको छ । निरक्षरहरुलाई १–३ कक्षा सम्मको पाठ्यक्रमलाई समावेश गरेर तयार पारिएको पुस्तक पढाउने गरिएको छ ।
सामान्य साक्षर भएकालाई ३–५ कक्षा सम्मको पाठ्यक्रम समावेश भएको पुस्तक पढाईन्छ । दैनिक चार घण्टा सञ्चालन हुने विद्यालयमा धेरै जसो ४० वर्ष उमेर पार गरेकाहरु पढ्न आउँछन् । लगातार पाँच वर्षसम्म पढाएर उनीहरुलाई एसएलसी परिक्षामा सहभागि हुन सक्ने बनाउने लक्ष्य रहेको बेनी सामुदायीक उच्च माविका प्राचार्य दिपक श्रेष्ठले बताइन् । तिन जना सहजकर्ता शिक्षक रहेको विद्यालय सञ्चालनका लागि मासिक पाँच हजार भाडा तिर्नेगरी दुई वटा कोठा भाडामा लिइएको छ ।
गृहिणी कक्षा लागि जिल्ला शिक्षा कार्यालयले वार्षिक दुई लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ । समुदाय स्तरमा चन्दा संकलन गरेर कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाइएको प्राचार्य श्रेष्ठले बताइन् ।
जिल्ला शिक्षा कार्यालयको सहयोगमा यसअघि बाबियाचौरको मंगला उच्च मावि अन्तरगत सञ्चालित गृहीणी कक्षा सहभागिको कमीका कारण बन्द भएको थियो । सरकारको १५ देखि ६० वर्ष उमेर समूहका सबै नागरीकलाई साक्षर बनाउने योजनामा गृहीणी कक्षा सहयोगी हुने विद्यालय निरिक्षक दलबहादुर थापाले बताए ।
म्याग्दी जिल्लाभर लक्षित समूहका ९७ प्रतिशत बासिन्दा साक्षर रहेको तथ्याङ्क छ । तर अहिलेसम्म बरंजा, मराङ र पात्लेखेत गाविसलाई मात्रै साक्षर गाविस घोषणा गरिएको छ । अनुगमन, समन्वय र आर्थिक स्रोतको कमीका कारण सक्षम भएर पनि म्याग्दीलाई साक्षर घोषणा गर्न नसकिएको जिशिअ रामप्रसाद अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण