बेतनामा ३०० इसापूर्वका हतियार भेटियो, पुरातात्विक अनुसन्धान सुरु
मङ्गलबार, ३२ जेठ २०७३, १० : १७
मोरङ - मोरङ बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा पुरातत्व विभागको पाँच सदस्यीय उत्खनन टोलीले अनुसन्धान कार्य सुरु गरेको छ ।
सो क्षेत्रमा भेटिएका माटाका टुक्रा र हतियार ७०० देखि ३०० इसापूर्वका हुनसक्ने अनुमानका आधारमा सो क्षेत्रमा अनुसन्धान गर्नका लागि वरिष्ठ पुरातत्वविद् रामानन्द मिश्रसहितको टोली बेतनामा आएर अनुसन्धान सुरु गरेको बेतना सिमसार समुदायिक वनका अध्यक्ष डम्बर बस्नेतले बताए ।
स्थानीयले करिब दुई वर्षअघि पनि सिमसार क्षेत्रमा भेटेका माटोका भाँडाका टुक्रा र ढुङ्गाका पुराना हतियार भेटिएपछि ती सामान जम्मा पारेर पूर्व सांसद हर्कमान तामाङमार्फत पुरातत्व विभागमा पठाएपछि एक टोली आएर बेतना सिमसार क्षेत्रमा अनुसन्धान गरेको बेतना सिमसार समुदायिक वनका अध्यक्ष डम्बर बस्नेतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण