भालुको आक्रमणबाट महिला गम्भीर घाइते
मङ्गलबार, ३२ जेठ २०७३, ११ : १४
डोटी - डोटीमा भालुको आक्रमणद्वारा सोमबार एक महिला घाइते भएकी छन् ।
दीपायल सिलगढी नगरपालिका–३ थाप्ला निवासी ३८ वर्षीया धना मलासीलाई भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट उनको आँखामा चोट लागेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट मलासीको घाँटी, नाक र बाँया खुट्टामा पनि चोट लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
सोमबार साँझ ४ बजेतिर घाँस काटेर घर फर्किँदै गरेको अवस्थामा थाप्ला नजिकै एक्लै रहेको अवस्थामा एक्कासि भालुले उनलाई आक्रमण गरेको थियो ।
आक्रमण गर्ने बित्तिकै आफूसँग भएको हँसियाले प्रतिकार गर्दा भालु भागेको र उनको ज्यान जोगिएको परिवार स्रोतले जनाएको छ । गम्भीर चोट लागेकाले मलासीलाई आज बिहानै गेटा आँखा अस्पताल धनगढी लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण