उपभोक्तालाई ठगी गर्ने १६४ व्यवसायीविरुद्ध मुद्दा दायर
मङ्गलबार, ३२ जेठ २०७३, ११ : २४
काठमाडौँ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२–७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ ।
विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।
बजार अनुगमनका क्रममा घ्यु, तेल, मसला, चाउचाउ, केही अन्न, पानी, दूधलगायतका उद्योगलाई मुद्दा लगाइएको हो । नमुना हेरी प्रयोगशालामा जाँच गर्दा ती उत्पादनमा कमी कमजोरी पाइएको प्रवक्ता वस्तीले बताए ।
बजार अनुमनमा दुई हजार ३० नमुना सङ्कलन गर्ने लक्ष्य राखिएकोमा एक हजार ८१४ नमुना सङ्कलन गरिएको छ ।
यसैबीच, विभागलाई चालु आवमा करिब रु २२ करोड बजेट विनियोजन गरिएकोमा आगामी आवमा रु नौ करोड बजेट थप गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण