जनता बैंकले हकप्रद सेयर जारी गर्ने
काठमाडौ–जनता बैंकले २ कित्ता शेयर बराबर एक कित्ताको दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको हालै सम्पन्न छैटौं वार्षिक साधारणसभावाट सो प्रस्ताव पारित भएको हो । यस्तै, बैंकको अधिकृत पूँजी हालको ४ अर्बबाट वृद्धि गरी १० अर्ब पु¥याउने, बैंकको संस्थापक समूहमा रहेको ७० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशतमा झारी सर्वसाधरण समूहको शेयर हिस्सा ४९ प्रतिशत कायम गर्ने प्रस्ताव परित गरेको छ । बैंकले २०७२ चैत्र मसान्तसम्ममा २२ अर्ब ८९ करोड निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको जनाएको छ । सोही अवधिमा बैंकले २२ करोड ६६ लाख खुद मुनाफा (अपरिष्कृत) आर्जन गर्न सफल भएको छ । हाल बैंकको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म गरी ३६ वटा शाखाहरु, २९ वटा ए.टि.एम., ५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको जनाएको छ । बैंकले आगामी आर्थिक वर्षभित्र झापाको दमक, सुनसरीको धरान, सिराहाको लहान, महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौडा, र सुर्खेतको बिरेन्द्रनगरलगायत उपयुक्त स्थानहरुमा शाखाहरु थप गर्ने, थप ए.टि.एम. राखी नेटवर्क विस्तार गर्ने, सक्षम र उन्नतीसँगको सहकार्यमा देशको ग्रामिण क्षेत्रमा शाखारहित बैंकिङ इकाइहरु स्थापना गर्ने, बचत निक्षेप संकलन र कृषि तथा साना उद्यम कर्जा परिचालनमा जोड दिने र बैंकको मुनाफामा थप अभिबृद्धि गर्ने बैंकको योजना वनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण