प्यूठानमा अब हाइस बस
प्यूठान–स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समितिले असार १ गते देखि प्यूठानमा हाइस सेवा सञ्चालन गर्ने भएको छ । समितिले आज पत्रकार भेटघाट गरी हाइस सेवा सञ्चालन गर्न लागेको जनाकारी दिएको हो । यहाँका यात्रुहरुले सुरक्षित र सहज यात्रा नभएको भन्दै गुनासो गरेपछि उक्त सेवा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष सुनिल बस्नेतले बताए । जिल्लामा सडक निर्माण बढेसंगै यातायात सेवालाई पनि विस्तार गरी प्रभावकारी बनाउदै लगेको समितिका महासचिव चन्द्रमान श्रेष्ठले बताए । हाइस गाडी विशेष गरी प्यूठान–काठमाण्डौलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको र काठमाण्डौं वसपार्क नजिकै वि जि महलमा काउन्टर रहेको श्रेष्ठले जानकारी दिए । भाद्र १ गते देखि डिलक्स सेवा सञ्चालन गर्ने स्वर्गद्धारी समितिले जनाएको छ । स्वर्गद्धारी समितिले भालुवाङ बाहिर प्रत्येक दिन १३ वटा गाडी छुटाउदैं आएको छ भने २ सय भन्दा बढि सवारीहरु यस समिति मार्फत सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण