एक सातामै १४ सय महंगियो सुन, ५६ हजार ६ सय पुग्यो
काठमाडौं–नेपाली बजारमा एक सातामै सुन मुल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । मंगलवार नेपाली बजारमा सुन यो महिनाकै उच्च मुल्यमा कारोवार भैरहेको छ ।
यो महिना सवैभन्दा कम प्रतितोला ५४ हजार रुपैयाँसम्म सुनको कारोवार भएको थियो । गत जेठ १७ गते छापावाल सुनको मुल्य ५४ हजार र तेजावी ५३ हजार ७ सय ५० रुपैयाँ प्रतितोलामा किनवेच भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार जेठ २६ गते प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन मंगलवार ५६ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै, २६ गते प्रति तोला ५४ हजार ९ सय ५० रुपैयाँ रहेको तेजावी सुन मंगलवार ५६ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको छ । अघिल्लो दिनको तुलनामै पनि सुन प्रति तोला ३ सय रुपैयाँले महंगिएको छ । सोमवार छापावाल सुन प्रति तोला ५६ हजार ३ सय र तेजावी ५६ हजार ५० रुपैयाँमा किनवेच भएको थियो । यो साताको आइतवारवाट सुनको मुल्य ५६ हजार पुगेको थियो । आइतवार छापावाल सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण