किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प
मङ्गलबार, ३२ जेठ २०७३, १३ : १८
मोरङ – कृषि विकास कार्यालयले किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प वितरण गरेको छ ।
आकासे पानी र विद्युत् तथा डिजेलबाट सिँचाइ गर्दै आएका किसानले अब सौर्य ऊर्जाबाटै सिँचाइ गर्न थालेका छन् । कार्यालयले पहिलो चरणमा यस वर्ष जिल्लाका तीन ठाउँमा तरकारी खेती गर्दै आएका किसानलाई सो सौर्य ऊर्जा पम्प वितरण गरेको हो ।
इटहरा– ४ मा रहेको कृषि क्रान्ति समूह, वयरवन– २ का किसान बोधनारायण राजवंशी र कटहरी –५ का अशोककुमार सिंहलाई एक÷एक थान सौर्य ऊर्जा पम्प वितरण गरिएको कृषिप्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिनुभयो । सौर्य ऊर्जा पम्प प्राप्त गरेका किसानले बेमौसमी तरकारी खेती गर्दै आएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण