काठमाडौं मेडिकल कलेजको चार तलामाथिबाट हामफालेर आत्महत्या !
काठमाडौं– ‘मर्निङवाकमा जान्छु’ भन्दै घरबाट निस्किएका ५२ वर्षीय गोपिकृष्ण बस्ताकोटीले काठमाडौं मेडिकल कलेज (केएमसी)को चौंथो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन् ।
काठमाडौंको चावहिल स्थायी घर भएका बस्ताकोटी मंगलबार विहान करिब पाँच बजे मर्निङवाकमा निस्कीएका थिए । मोर्निङवाक गर्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका बस्ताकोटी चौंथो तलामा जुत्ता खोलेर हाम फालेको प्रहरीले जनाएको छ ।
‘मंगलबार बिहान करिब ६ बजेर पचास मिनेट जाँदा बस्ताकोटी चौथो तलाबाट हाम फालेको देखिन्छ’ महानगरीय प्रहरी वृत गौशालाका डिएसपी नवराज कार्किले भने, ‘बास्ताकोटीको जुत्ता चार तल्लामाथि भेटियो, उनको साथमा ‘कसैको दोष छैन’ भनेर लेखिएको कागजको ठुक्रा भेटिएको छ ।’
चावहिलमा फर्निचर शोरुमसमेत सञ्चालन गर्दै आइका बस्ताकोटीको खुट्टा र छातीमा चोट लागेको छ । उनले लेखेको कागजको टुक्रामा ‘कसैलाई दोष नदिनु, लाश बुझ्नका लाागी यो नम्बरमा फोन गरिदिनु’ भन्दै आफ्ना भाई राजु बस्ताकोटीको नम्बर लेखिएको डिएसपी कार्कीले जानकारी दिए ।
हामफाल्नासाथ केएमसिको इमर्जेन्सी कक्षमा पुर्याइएपनि बेडमा राख्नासाथ उनको मृत्यु भएको थियो । ‘आत्महत्याको कारण खुल्न सकेको छैन’ डिएसपी कार्किले भने, ‘हामी अनुसन्धान गर्दैछौं ।’
बास्ताकोटीको शव पोष्टमार्टमका लागी टिचिङ हस्पिटल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण