नेपालमै रोजगारीको वातावरण सिर्जना गर्न सरकार लागिसक्योः मन्त्री पाण्डे
भक्तपुर – उद्योगमन्त्री सोम प्रसाद पाण्डेले अबको केही वर्ष भित्रमा युाव शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने तयारीमा वर्तमान सरकार लागेको बताएका छन् । रफत संचार क्लब भक्तपुरले मङलबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले भने ‘मुलुकको सबै प्रदेशमा औद्योगीक क्षेत्रको निमार्ण गरी नेपालमै रोजगारीको वातावरण निर्माणमा गर्न सरकार जुटी सकेको छ’ । कतिपय प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको भन्दै मन्त्री पाण्डेले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकाशको लागि लगानी गर्न चीन र कोरीया तयार रहेको बताए । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले भने ‘चिनियाँ टोली स्थलगत निरिक्षणको लागि अहिले पनि झापामा रहेको छ, अब चाडै सम्झौता हुन सक्छ’ । सरकारले बुहुराष्ट्रिय कम्पनी र नेपालमै उत्पादित कच्चा पर्दाथको प्रयोग गर्ने उद्योगलाई पहिलो प्राथमिकता दिने उनको भनाई रहेको छ । तिन वर्ष भित्रमा मुलुकमा रहेका सबै खनिजजन्य पर्दाथको उत्खनन् कार्य सकिने भन्दै मन्त्री पाण्डेले नेपालको १० स्थानमा उक्त कार्य जारी रहेको बताए । ‘वर्तमान सरकार मुलुकको आवश्यकता रहेको र सरकारको मुख्य उद्देश्य नै सम्वृद्धि र अग्रगमन रहेको छ,’ मन्त्री पाण्डेले भने । यो सरकारको आयु २०७४ माघ सम्म रहेकाले कसैले चाहदैमा सरकार परीवर्तन नहुने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण