अस्पताल आउने बिरामी छाडेर डाक्टर क्लिनिकतिर
मङ्गलबार, ३२ जेठ २०७३, १३ : ५२
उदयपुर – जिल्ला अस्पताल उदयपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा डिएल यादव निजी क्लिनिकमा व्यस्त हुने गरेका कारण अस्पतालमा आउने अधिकांश बिरामी मारमा पर्ने गरेका छन् ।
दुई महिनायतादेखि डा यादवले बिहानको समयदेखि बेलुकी ३ बजेसम्म नै गाईघाट बजारको निजी क्लिनिकमा व्यस्त हुँदा अस्पतालमा प्रसूतिको लागि आउने बिरामी सेवाबाट वञ्चित हुनपरेको स्थानीयवासी कुमारी खड्काले बताए ।
खड्का भन्छिन् – “दुई दिनसम्म प्रसूतिका लागि डाक्टरलाई अस्पतालमा पख्र्यौं, तर डाक्टरले तल निजी क्लिनिकमै आउनू भनेपछि पैसा तिरेर तल डाक्टरको क्लिनिकमै बिरामीको उपचार गरायौं ।”
अस्पतालबाट सरकारी तलब खाएर बसेका डा यादव दिनभरि आफ्नो निजी क्लिनिकमा बसेर बेलुकी ३ बजेदेखि ५ बजेसम्म दुई घन्टा मात्र अस्पतालमा आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।
प्रसूति सेवाका लागि आउने अधिकांश बिरामी डा यादवकै क्लिनिकमा जाने गरेका छन् । केही भने जिल्ला बाहिर जान बाध्य हुनपरेको बिरामीका आफन्त बताउँछन् ।
अस्पतालमा आउने कतिपय बिरामीलाई डा यादवले अस्पतालमा नगई आफ्नो क्लिनिकमा आउन बाध्य पार्ने गरेका जनगुनासो छ ।
अस्पतालमा सामान्य शुल्कमा प्रसूति जाँच हुने र एक्सरेमा धेरै पैसा नलाग्ने र प्रसूति सेवा निःशुल्क हुने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।
तर डा यादवले अस्पतालका बिरामीलाई आफ्नो क्लिनिकमा जान बाध्य बनाएर बिरामी जाँच, एक्सरेदेखि सबै सेवाको महँगो शुल्क लिने गरेको बिरामीका एक आफन्त गङ्गाबहादुर मगरले बताए ।
अस्पतालका एक कर्मचारी भन्छन् – “दुई महिना अघिसम्म जिल्ला अस्पताल उदयपुरमा आउने प्रसूतिका बिरामी कोही पनि उपचारका लागि बाहिर जान नपर्ने अवस्था थियो, अहिले डा यादवले अस्पतालतिर ध्यान दिन छाडेपछि ५० प्रतिशत प्रसूतिका बिरामी बाहिर जान बाध्य बन्न थालेका छन् ।”
डा। यादवले अस्पतालबाट केही दिनका लागि बाहिर जानु छ भन्ने बहाना बनाएर पटक पटक बिदा लिने तर क्लिनिकमा बस्ने गरेको स्थानीयवासी रुद्र श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण