१०३ किलो गाँजासहित चार युवा पक्राउ
मङ्गलबार, ३२ जेठ २०७३, १४ : २३
उदयपुर–एक सय तिन किलोग्राम गाँजासहित चार युवा मंगलबार विहान उदयपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ओख्ले– ८ का १७ वर्षीय जीवन ठकुरी, ओख्ले– ७ का १७ वर्षकै गणेश हमाल, लेखगाउँ– ८ का १९ वर्षीय रामजी मगर र रुपाटार– ६ का २३ वर्षीय केशव ज्युठकरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ओख्लेबाट चोर बाटो भएर सिराहातर्फ ठूलो परिमाणको अवैध गाँजा सिराहातर्फ लाँदै गरेको भन्ने सुराकीको आधारमा रिस्कु गाविस–७ स्थित पाट्नेबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक नरबहादुर केसीले बताए ।
एसपी केसीका अनुसार इप्रकाका प्रहरी निरीक्षक विक्रम लामा नेतृत्वको गस्ती टोलीले विहान २ः३० बजे गाँजासहित चार युवालाई नियन्त्रणमा लिएको हो । गाँजा तस्करको आउजाउ गर्ने चोर बाटो अनुमान लगाउँदै गएको इन्स्पेक्टर लामा नेतृत्वको १४ जनाको गस्ती टोली कुरेर बसेको केहीबेरमै उनीहरु आईपुगेलगत्तै नियन्त्रणमा लिएको थियो ।
गाँजा बोकेर छ जनाको समूहमा आईरहेका उनीहरु मध्ये दुईजना चाहि प्रहरी देखेर भाग्न सफल भएका छन् ।
लेखगाउँ ७ का विक्रम ठकुरी र गाविस नखुलेको सिराहाका मेखबहादुर सेनठकुरी फरार भएको प्रारम्भिक बयानबाट खुलेको छ । उनीहरुलाई आज दिउसो इलाका प्रहरी कार्यालय कटारीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण