युरोकप फुटबलमा सट्टेबाजी गर्ने दुईजना पक्राउ
मङ्गलबार, ३२ जेठ २०७३, १४ : ३९
काठमाडौं– युरोकप फुटबलको जित–हारको अनुमानका आधारमा सट्टेबाजी गरी जुवा खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२३ सुन्धारा स्थित आरवी कम्प्लेक्सको १३३ नम्बरको कोठामा संचालित पसलका संचालक अनामनगर बस्ने ३४ बर्षीय सागर खड्गी र ताहाचल बस्ने ३६ बर्षीय दिपक रत्न शाक्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी विनोद घिमीरेले जानकारी दिए ।
युरोकप फुटवल खेलको मोवाइल तथा ल्यापटपबाट अनलाईन जुवा खेलाईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो ।
सोमबार पक्राउ परेका खड्गी र शाक्यको साथबाट नगद २ लाख ४५ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । ‘छुट्टै मोबाइल नम्बर मार्फत कलेक्ट गरेर उनिहरुले युरोकपको सट्टेबाज गरेको देखिन्छ,’ डिएसपी घिमिरेले भने, ‘यी दुई जना कलेक्टर हुन्, त्यस्ता कलेक्टर अरु पनि रहेको सूचना आएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण