रक्सीले मातेर ट्याक्सी चालक लुट्न खोज्दा प्रहरी खोरमा
मङ्गलबार, ३२ जेठ २०७३, १५ : ०२
ललितपुर– ट्याक्सी चालकलाई लुटपाट गर्न खोज्ने सिन्धुपाल्चोक थुमपाखर–१ घर भई सातदोवाटो बस्ने ३५ बर्षीय मेमर तामाङ र ३३ बर्षीय राजकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।
कोटेश्वरबाट बा.१ ज ६९२८ नम्बरको ट्याक्सीमा आएका उनीहरुले सोमबार राति ग्वार्को स्थित विएण्डवि अस्पताल नजिक झर्ने क्रममा ट्याक्सी चालक माथी लुटपाट गर्न खोजेका थिए ।
रक्सीले मातेका दुवैजनालाई नियन्त्रणमा लिन खोज्दा उनिहरुले प्रहरीमाथी समेत हातपात गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता ईश्वर कार्किले जानकारी दिए । ‘दुई जना प्रहरी जवान सामन्य घाईते भएका छन्’ डिएसपी कार्किले भने, ‘घटनाबारे हामी अनुसन्धान गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी
-
सांसद खनालको प्रश्न : ‘योजना आयोगले निर्देशन दिन नसक्ने भए अस्तित्वको के अर्थ ?’
-
लेदोसहितको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन ठप्प, सुरुङको गेट बन्द
-
१५ अर्बको १ वर्षे ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक
-
सांसद अधिकारीको प्रश्न– ‘गौरवका आयोजनाको लागत अर्बौँ बढ्दा आयोग र सरकार किन मौन ?’
-
सांसद अधिकारीको प्रश्न, ‘ठेकेदारहरूलाई ढिलासुस्तीको आरोपमा कानुनी कारबाहीको सिफारिस किन नगरेको?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण