प्रेमिकालाई मनपर्दैन सलमान र डेजको मित्रता
मुम्बई – सलमान खानकी प्रेमिका लुलिया वंतुरलाई सलमान र डेजी शाहको मित्रता मन नपर्ने भारतीय मिडियाले जनाएको छ । लुलियाले यसबारेमा सलमानको परिवारलाई पनि बताएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टका अनुसार सलमानको परिवारले बहिनी अर्पिता र सलमानलाई डेजीसँग टाढै बस्न सल्लाह दिएका छन् । जब यो कुरा डेजीले थाहा पाइन्, उनी चकित बनिन् ।
डेजीले भनिन्, ‘म लुलिया होइन, सलमानको साथी हुँ । लुलियाले मेरो बारेमा के सोच्छिन्, त्यो कुराले मलाई कुनै फरक पर्दैन ।
सलमान र लुलियाको विवाहको बारेमा डेजीलाई सोध्दा उनले भनिन्, ‘यो कुरा मलाईभन्दा सलमानलाई राम्रो थाहा होला । दुवैबीच के चल्दैछ मलाई के थाहा । सलमान मेरो राम्रो साथी भए पनि व्यक्तिगत जीवनबारे हामीबीच कुरा हुँदैन ।’ बलिउड अभिनेत्री डेजी शाह यसअघि सलमानको घर आउनेजाने गर्थिन् ।
दुवैले चलचित्र जय होमा सँगै काम गरेका थिए । गत मार्चमा सलमानले डेजीलाई कार गिफ्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण