सप्तरीमा बस दुर्घटना, ८ घाइते
राजविराज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा–८ मा मङगलवार बस दुर्घटनामा परि ८ जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ९८ नम्बरको बसले सोहि दिशाबाट गइरहेको ना ४ ख २८८२ नम्बरको बसलाई ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा परि झापा तोपगाछी–६ का जमुना सार्कीको १७ महिनाका छोरा श्रवण सार्की, सुनसरी निवासी २५ बर्षिया सुस्मिता निरौला, सिरहा नगरपालिका–७ निवासी ३६ बर्षिय मोहन कुमार साह, सिरहाकै गोलबाजार–६ निवासी २० बर्षिया अनिता पासवान, सर्लाहीको औरही–७ निवासी ३२ बर्षिय मुकेश कुमार यादव, सोही ठाउँ निवासी १९ बर्षिय संजिव कुमार महतो, पर्साको विरगंज उपमहानगरपालिका–१९ निवासी ६९ बर्षिय ईन्द्र प्रसाद भट्टराई र सोही ठाउँ बस्ने ६० बर्षिया पुजा भट्टराई घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये नाबालकसहित तीन जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागी बिराटनगर स्थित नोबेल अस्पताल पठाईएको तथा अन्य घाइतेहरुको भारदहस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण