विनोद चौधरीको भाईले खोले अन्तर्राष्ट्रिय स्तरको ‘ड्राईभिङ स्कुल’
ललितपुर–उद्योगपती विनोद चौधरीका भाई अरुण चौधरीले ललितपुरको एकान्तकुनामा अन्तर्राष्ट्रिय स्तरको ड्राईभिङ सेन्टर खोलेका छन् । राजन क्षेत्रीसँगको पार्टनरसिपमा खोलिएको ‘सुजुकी ड्राईभिङ स्कुल’ मंगलबार मारुती सुजुकिका निर्देशक सशांक श्रीवास्तव र अरुण चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।
१२ रोपनी क्षेत्रफलमा फैलिएको ड्राईभिङ सेन्टरको भौतिक संरचना र सवारी साधन खरिदमा ६ करोड लगानी गरिएको ड्राईभिङ सेन्टरका अध्यक्ष राजन क्षेत्रीले जानकारी दिए ।
‘नेपालमा सडक दुर्घटना अत्यधिक बढ्दै गएकाले त्यसमा कमि ल्याउन खोजेका छौं’ अध्यक्ष क्षेत्रीले भने, ‘गुणस्तरमा सम्झौता गर्दैनौं, अन्तर्राष्ट्रिय स्तरको सेवा दिन्छौं ।’
ड्राईभिङ सेन्टरमा चौधरी र क्षेत्री दुवैले बराबर लागानी गरेका छन् । ड्राईभिङ स्कुलको दैनिक कार्यसंचालनका लागि कुल ३५ जनालाई रोजगारी दिइएको क्षेत्रीले बताए । ‘१४ जना ईन्स्ट्रक्टरहरु छन्’ क्षेत्रीले भने, ‘नौ जनाले कार सिकाउँछन्, ५ जनाले मोटरसाईकल–स्कुटर ।’
लामो समयको अन्तरालपछि भौतिक पूर्वाधार निर्माण गरिएको ड्राईभिङ सेन्टर अत्याधुनिक रहेको अध्यक्ष क्षेत्रीले बताए । उनका अनुसार नयाँ पाठ्यक्रम अनुसारका सबै भौतिक पुर्वाधार निर्माण गरिएको छ । सडक बत्ति, लेन, जेब्रा क्रसिङलगायत सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरु व्यवस्थित तरिकाले संयोजन गरिएको सुजुकी ड्राईभिङ स्कुल काठमाडौं उपत्यकामा ३ ठाउँमा विस्तार गरिने बताईएको छ ।
‘उपत्यका बाहेक देशका मुख्य शहरमा पनि उपयुक्त ठाउँ खोजिरहेका छौं’ क्षेत्रीले भने, ‘अज्ञानताकै कारण सडक दुर्घटना रोकिएन् । सरकारको माथिल्लो ओहोदामा बस्नेहरुमध्ये धेरैलाई ट्राफिक नियम थाहा छैन, त्यसैले हामी अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिन चाहन्छौं ।’
कुशल चालक उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको ‘सुजुकी ड्राईभिङ स्कुल’ लाई भारतको ‘सुजुकी ड्राईभिङ स्कुल’ले सम्वन्धन दिन लागेको क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण