नवलपरासीबाट मधेसी नेताको चेतावनीः देश ठूलो दुर्घटनामा फस्न सक्छ
नवलपरासी – मधेसी नेता तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठीले सरकारले बार्ताको नाममा नाटकमात्र गर्न खोजेको आरोप लगाएका छन् । सरकारले मधेशको जायज माग पुरा गर्न नखोजेको आरोप लगाउदै त्रिपाठीले सरकारले माग सम्बोधन नगरे देश ठूलो दुर्घटनामा फस्न सक्ने चेतावनी दिए ।
नवलपरासीको गुठीप्रसौनीमा आयोजित कार्यक्रममा बोल्दै नेता त्रिपाठीले सरकारको चाहना बास्तबिक बार्ता नभई नाटकीय ढगंको प्रस्तुती मात्रै भएको आरोप लगाए ।
त्रिपाठीले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा, घाईतेलाई निशुल्क उपचार र कार्यकर्तामाथि लगाईएको मुद्दा फिर्ता नभएसम्म सरकारसंग निर्णायक बार्ता नहूने दाबी गरे ।
सरकारले घोषणा गरेको स्थानिय निर्वाचनको कूनै औचित्य नभएको दाबी गर्दै नेता त्रिपाठीले पहिला संबिधान मधेशी जनजाती र थारुको माग सम्बोधन हुनुपर्ने र त्यसपछि मात्रै त्यतातर्फ सोचिनुपर्नेमा जोड दिए । फरक प्रशंगमा उनले पार्टीको यही असार सार ६ गते देखि ८ गतेसम्म नवलपरासीमा संचालन हुने प्रथम राष्ट्रिय महाधिबेशनलाई सहयोग गर्न समेत सबै सँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण