एनसेल तोडफोडको घटनाप्रति आयोगको ध्यानाकर्षण
बुधबार, ०१ असार २०७३, १३ : ४३
काठमाडौं –नेत्र विक्रम चन्द विप्लव माओवादीद्वारा विभिन्न स्थानमा संचार सेवा प्रदायक संस्था एनसेल टावरहरुमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एनसेल टावर जलाइएपछि सल्यान, चितवन लगायत विभिन्न जिल्लाका अधिकांश गाबिसहरु संचार बिहीन भएका छन् । एनसेलका टावरहरु विभिन्न स्थानमा जलाइएपछि नागरिकको स्वतन्त्रपूर्वक एक अर्कासँग संचार सम्पर्क गर्न पाउने अधिकार प्रभावित भएको भन्दै आयोगले घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण