भिक्ट्री गुन्जाउँदै एज ब्यान्ड
काठमाडौं - पप संगीतको चार्म भएका बेला थुप्रै गायक गायिका र ब्यान्ड जन्मिए । तर चार्म हराएसँगै उनीहरु पलायन पनि भए । अहिले पप संगीतको चार्म छैन तर केही गायक गायिका र ब्यान्डले भने आफ्नो चार्म गुम्न दिएका छैनन् । यस्तै एउटा ब्यान्डमा पर्छ ‘एज ब्यान्ड’ ।
हरेक महिना दरबारमार्गस्थित भिक्ट्री लन्जमा गायक गायिका तथा ब्यान्डलाई प्रस्तुत गर्दै आएको फेम नेपालले जुन महिनाको अन्त्यमा रक ब्यान्डको रुपमा स्थापित यही एज ब्यान्डलाई प्रस्तुत गर्ने भएको छ ।
‘लाइभ म्युजिकल एरा २०१६’ शीर्षकमा भिक्ट्रीको मञ्चमा गायक गायिका तथा व्यान्डलाई प्रस्तुत गर्दै आएको फेम नेपालको यो ५ औं शृंखला हो । यसअघि विपुल क्षेत्री, सबिन राई, राजु लामा, दीपक बज्राचार्यले आ आफ्ना ब्यान्डका साथ गीत प्रस्तुत गरिसकेका छन् । एज ब्यान्डले सोही मञ्चमा आउँदो २५ जुनमा आफ्ना गीत प्रस्तुत गर्नेछ ।
सन् १९९८ मा पोखराका ५ जना साथीहरुले स्थापना गरेको ब्यान्डले सन् २००२मा पहिलो गीत सार्वजनिक गरेर नेपाली संगीत क्षेत्रमा पाइला चालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण