बीमाले उचाल्यो सेयर बजार
काठमाडौं–साताको चौथो दिन वुधवार सेयर बजारमा ६.३२ अंको वृद्धि भएको छ । बीमा समूहको परिसूचकमा भएको उत्साहजनक वृद्धिले समग्र वजार उचालिएको थियो भने सेयर बजार १६२०.४७ अंकमा पुगेर अडिएको छ । वुधवार दिनभर एक सय ३५ कम्पनीका १७ लाख ९२ हजार ४ सय ५९ कित्ता सेयर खरिद विक्रिवाट एक अर्व ३९ करोड ९५ लाख २५ हजार ९ सय ४५ रुपैयाँको कारोवार भएको नेप्सेले जनाएको छ । आज सवैभन्दा वढी बीमा कम्पनीको परिसूचक २६७.०४ अंकले वढेको छ भने जलविद्युत समूहको परिसूचक ३४.२३, उत्पादनमुलक क्षेत्रको परिसूचक १८ अंकले वढेको छ । यस्तै, विकास बै.कको समूहको परिसूचक ४.७६, अन्य समूहको २.३५ अंकले वढेपनि बैंकिङ समूहको सूचक भने ६.३७, होटल समूहको १५.२२ र फाइनान्स समूहको परिसूचक ०.६१ अंकले घटेको छ । अघिल्लो दिन मंगलवार सेयर कारोवारको हिसावले नयाँ रेकर्ड वनाएको नेप्सेमा वुधवार भने त्यो कारोवार रकम कायम रहन सकेन । मंगलवार सेयर वजारमा २ अर्व १९ करोडभन्दा वढीको सेयर कारोवार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण