ग्लोबल आइएमईले प्यासिफिक डेभलपमेन्ट किन्ने
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेड र प्यासिफिक डेभलपमेन्ट बैंकबीच खरिद गर्ने (एक्विजिसन) सहमति पत्रमा हस्ताक्षर भएको छ । ग्लोवल आइएमई र लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिकबीच वुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेष बहादुर पौडेलले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । दुवै बैंकविच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम ३ महिना भित्र सम्पन्न हुने र एकीकृत कारोवार सुरु हुने जनाइएको छ । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई एक जिल्ले विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पुँजी ११ करोड रुपैयाँ रहेको छ । प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पुँजी ६ अर्व २७ करोड, कुल निक्षेप ७१ अर्व, कर्जा लगानी ६१ अर्व र ९४ वटा शाखा कार्यालय पुग्नेछन् । ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफल मर्जर गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण