टेलिकमले घटायो एफटीटीएचको महशुल
काठमाडौं–नेपाल टेलिकमले फाइवर टुदी होम (एफटीटीएच) सेवाको महसुल दर परिमार्जन गरेको छ । टेलिकमले असार ३ गते देखि लागु हुनेगरि उक्त महशुल घटाएको जनाएको हो । यस योजना अर्तगत ३ महिनाको प्याकेजमा १० एमविपिएस व्याण्डवीथ हुन्छ । जसको महशुल ५ हजार १ सय ६० तोकिएको छ । त्यस्तै ६ महिनाको ९ हजार १ सय २० तोकिएको छ । जसमा १० एमविपीएस व्याण्वीथ तथा २ सय ५० जीवी भोल्युम हुन्छ । १२ महिनाकोमा ६ सय जीवीको भोलुम र १० एमविपीएस व्याण्डवीथ छ, जसको मूल्य १८ हजार २ सय ४० तोएिको छ । १२ महिनाकोमा १ सय एमविपीएस व्याण्डविथ भएको अवस्थमा भने २३ हजार तिर्नुपर्ने बताईएको छ । त्यस्तै फाइवर टु दि होमको सिपीइ को शुल्कमा पनि परिमार्जन भएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । उनका अनुसार ३ महिनाको प्याकेज खरिद गर्दा ५ हजार तिर्नुपर्छ । त्यस्तै ६ महिनाको ३ हजार र १५ महिनाको मा निशुल्क वनाइएको छ । यस्तै, अप्टिकल पाइवरको महसुल दरमा एफटीटीएच सेवा जडान गर्दा ग्राहकहरुलाई आवश्यक २ कोर अप्टिकल फाइवर १ सय मिटरसम्म निःशुल्क र सो भन्दा माथि प्रति मिटर २० रुपैयाँमा सेवा सञ्चालन गरिने जनाइएको छ । उक्त ग्राहकको फाइवर काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउनका लागि फाइवर परिवर्तन गर्नु परेमा प्रति मिटर २० रुपैयाँ लिई जडान तथा सेवा सुचारु गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण