धुर्मुस–सुन्तलीलाई एक महिनाको पारिश्रमिक दिने सांसद अधिकारीको घोषणा
काठमाडौं–युवा सभासद एवं व्यवस्थापिका संसदको विकास समिति सदस्य रबिन्द्र अधिकारीले धुर्मुस सुन्तलीलाई एक महिनाको पारीश्रमीक सहयोग गर्ने घोषणा गरेका छन् । सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका उनीहरुले उत्कृष्ट काम गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । भूकम्प पिडित जनताको मुहारमा खुशिल्याउने प्रयास स्वरुप भइरहेको काममा सहयोग गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको उनको भनाई छ । राम्रो कामको कदर स्वरुपआफुले पाउने एक महिनाको पारीश्रमीक (करीब ५० हजार रुपैँया) छिट्टै नै धुर्मुस सुन्तलीलाई प्रदानगर्ने उनले प्रतिबद्धता जनाएका छन् । देश विदेशबाट सहयोगीहातहरु जुट्दै गर्दा जनताबाट चुनीएको प्रतिनिधिभएको नाताले चुपलागेर बस्न मन सकिएन र यो घोषणा गरेको उनले स्पष्ट गरेका छन् । सभासद् अधिकारीले कुरा भन्दाकाम गरेर देखाउन कटिबद्ध हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले कलाकारको तागतलाई उपयोग गरेर उदाहरणीय काममालागेको भन्दै उनीहरुको प्रशंसा समेत गरेका छन् । धुर्मुस सुन्तलीले गरीरहेको कामले पुनर्निर्माणको कामलाई पनिगतिलिनबाध्य गराउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण