इन्सु राईको ‘नेपाल सुरक्षित’ डकुमेन्ट्री सार्वजनिक
काठमाडौं– गायक एवं ट्रेकिङ तथा माऊन्टेन गाइड इन्सु राइको ‘पर्यटनका लागि नेपाल सुरक्षित छ’ भन्ने डकुमेन्ट्री फिल्म सार्वजनिक भएको छ । गत बैशाख १२ को महाभूकम्पपछि खस्किएको नेपाली पर्यटन क्षेत्र सुरक्षित छ भन्ने मूल संदेश डकुमेन्ट्रीमा रहेको जनाइएको छ । राइले भूकम्पपछि गत कार्तिकमा मेरा पिकको ६४७१ मिटर उचाईमा ‘लाईभ साँगीतिक कन्सर्ट’ गरेका थिए । उक्त डकुमेन्ट्री फिल्ममा मेरा पिकमा आरोहण पछि खिचिएका मनोरम दृष्य र पत्ताले डाँडाका नयाँ आकर्षणहरु समावेश गरिएको उनले जानकारी दिए । पत्ताले डाँडा पुग्न राजधानी काठमाडौंबाट कबिर ७ घन्टा लाग्छ । सोलुखुम्बु र ओखलढुंगा जिल्लाको सिमानामा रहेको सुन्दर पत्ताले डाँडाको उचाई ३२०० मिटर छ । त्यहाँबाट सगरमाथा, मकालु ,ल्होत्से लगायतका विभिन्न हिम श्रृखंलाहरुको मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । पत्ताले डाँडा नयाँ पर्यटकिय क्षेत्र बन्न सक्छ भनि प्रचार– प्रसार गर्नु पनि डकुमेन्ट्रीको उदेश्य रहेको राईले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण