नारायणगढ–मुग्लिन सडकखण्डमा चार वटा पुल बनाइँदै
बिहीबार, ०२ असार २०७३, १४ : २६
चितवन- सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ ।
भरतपुरबाट मुग्लिनसम्मको दूरीमा २१ वटा पुल रहेका छन् । जसमध्ये चार ठाउँमा नयाँ पुल निर्माण गरिने नारायणगढ–मुग्लिन आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । दासढुङ्गा, खानी पुल, मौरी पुल र जलवीरे पुल भएको ठाउँमा नयाँ पुल निर्माण गरिँदै छ । ती स्थानमा रहेका पुराना पुललाई मर्मत सम्भार गरिने र नयाँ पुल निर्माण गरिने खनालले बताए ।
पुराना पुलमा खाली सवारी साधन र नयाँ पुलमा मालबाहक सवारी साधन सञ्चालन हुनेछ । हाल सञ्चालनमा रहेका पुलहरु छदेखि सात मिटरसम्मका चौडा रहेका छन् । अब बन्ने पुल भने सात मिटरदेखि ११ मिटरसम्म चौडा छन् ।
कतिपय स्थानमा बाटोको रेखाङ्कनअनुसार सिधा पारिने हुँदा नयाँ पुल अति आवश्यक भएको हो । अन्य १७ वटा पुलको पनि अध्ययन भइसकेको छ । ती पुल निर्माण क्रमशः हुँदै जाने बताइएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा र जीर्ण अवस्थामा रहँदा यातायातका साधन सहजै गुडाउन सकिएको थिएन । आँपटारीदेखि मुग्लिनसम्मको सडक चौडा बनाउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण