विराटनगरका तीन जना चिकित्सक पक्राउ
मोरङ–विराटनगरका चर्चित तीन जना डाक्टरलाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा. अब्दुल कलाम हक रहेका छन् । मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले विराटनगरका तीन जना चिकित्सकलाई आज पक्राउ गरिएको पुष्टि गरे ।
उनले भने, “सिआइभीको विशेष टोलीले आज उनीहरुलाई अस्पतालबाटै पक्राउ गरेको हो । माथिको निर्देशन अनुसार पक्राउ गरिएकाले कारण थाहा नभएको प्रहरी प्रमुख एस्पी भण्डारीले बताए । हाल तीनै जना चिकित्सकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
सम्भवतः उनीहरुलाई भोलिनै काठमाडौँ लैजाने तयारी हुँदैछ भण्डारीले भने । प्रहरीले चिकित्सकलाई पक्राउको कारण खुलस्त नखुलाए पनि तीनै जना चिकित्सकको नक्कली शैक्षिक प्रमाणपत्र रहेको बताइएकाले पक्राउ गरिएको अनुमान गरिएको छ । उनीहरुलाई काठमाडौँ लगी अनुसन्धान गरेपछि थप कुरा खुल्ने र प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण