आँधीका कारण दक्षिणी चीनमा चौध जनाको मृत्यु, सात बेपत्ता
शुक्रबार, ०३ असार २०७३, १८ : ५५
बेइजिङ– चीनको दक्षिणी क्षेत्रमा ठूलो वर्षापछि आएको बाढीका कारण गत तीन दिनको अन्तरालमा १४ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएको राष्ट्रिय बाढी नियन्त्रण तथा खडेरी व्यवस्थापन कार्यालयले शुक्रबार जनाएको छ ।
तीन दिनदेखिको अविरल वर्षाका कारण दक्षिणी चीनका धेरै भूभाग डुबानमा परेका र नदीमा पानीको सतह उच्चतम् विन्दुमा पुगेपछि करिब एक लाख ३७ हजार मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ ।
पछिल्लो आँधीका कारण चार अर्ब आठ करोड ९० लाख अमेरिकी डलर बराबरको क्षति पुगेको चीनले जनाएको छ ।
सन् २०१६ को सुरुदेखि अहिलेसम्म खराब मौसमका कारण उत्तरी चीनमा ९८ जनाको मृत्यु भएको र २७ जना बेपत्ता भएका छन् ।
यस वर्षमात्रै बाढीका कारण ३४ हजार घर भत्किँदा करिब २० अर्ब युयानको क्षति भएको चीनको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण