संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्नु मुख्य चुनौती
काठमाडौँ- एसिया तथा प्रशान्त क्षेत्रीय वकिलको छैटौँ सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । प्रगतिशील कानुन व्यवसायी र नेपाल शान्ति तथा ऐक्यबद्धता परिषद्को आयोजनामा भएको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका अधिकार र सामाजिक कानुनलाई वर्तमान संविधानले समेटेको प्रस्ट पारे । उनले संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्नु अहिलेको मुख्य चुनौती भएको बताए । सो अवसरमा उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधानले कसैको अधिकारलाई विभेद नगरेको बताउँदै संविधानको कार्यान्वयन गरेर मुलुकमा विभिन्न निर्वाचन गराइने छ भने । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले धर्मनिरपेक्षता, समावेशिता र सङ्घीयतालाई समेटेर संविधान निर्माण भएको बताउँदै कानुनले यसलाई पूर्णता दिनुपर्छ भने । तत्कालीन सभाध्यक्ष सुवास नेम्वाङले भूकम्प र नाकाबन्दीका बीचमा संविधान जारी भए पनि संविधानले कानुनी क्षेत्रमा प्रशस्त अधिकार दिएको उल्लेख गरे । तीनदिने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका कानुन क्षेत्रमा देखिएका समस्याबारे छलफल हुनेछ । तेइस देशका प्रतिनिधिको सहभागिता रहेको सो सम्मेलनमा नेपालका कानुन व्यवसायीसहित ३०० प्रतिनिधिको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण