धर्म परिवर्तन गराउन खोजेको आरोपमा पक्राउ परेका ८ क्रिष्चियन रिहा
शुक्रबार, ०३ असार २०७३, २१ : ३०
दोलखा, ३ असार –मोर्डन नेपाल बोर्डिङ स्कुल र माउन्ट भ्याली बोर्डिङ स्कुलका विद्यार्थीलाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा केही दिनअघि पक्राउ परेका आठ इसाई धर्मावलम्बी शुक्रबार रिहा भएका छन् ।
यही जेठ २७ गते सदरमुकाम चरीकोटबाट पक्राउ परेका तिनलाई प्रहरीले शुक्रबार अपराह्न जिल्ला अदालतमा पेस गरेकामा अदालतले रिहा गरिएको हो । रिहा हुनेमा स्थानीय पादरी शक्ति पाख्रिन, टिच नेपालका प्रतिनिधि बनिता डङ्गोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल, भीमबहादुर तामाङ, चरीकोटस्थित माउन्ट भ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही छन् ।
जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजलासले इसाइ धर्मका पाँच प्रचारकलाई जनही रु १० हजार र अन्यलाई साधारण तारेखमा रिहा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण