फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अष्ट्रेलियामा
शनिबार, ०४ असार २०७३, १३ : ४४
सिड्नी – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अष्ट्रेलिया पुगेका छन् ।नेपाली समय अनुसार यादवले शनिबार दिउँसो बाह्र बजे अष्ट्रेलियाको सिड्नी विमानस्थलमा अवरतरण गरेका छन् । पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री समेत रहेका यादवलाई अष्ट्रेलिया स्थित नेपालका कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, नेपाली वाणिज्य दूत दिपक खड्का, संघीय समाजवादी फोरम नेपाल अष्ट्रेलिया समाज (नेफेसो) का अध्यक्ष गणेश तामाङले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
सिड्नीस्थित विभिन्न नेपाली समाजका प्रतिनिधिहरुले समेत यादवको स्वागतमा विमानस्थल पुगेका थिए । संघीय समाजवादी फोरम नेपाल अष्ट्रेलिया समाजको निमन्त्रणामा फोरम नेपालका अध्यक्ष यादव शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुन साता लामो भ्रमणका लागि अष्टे«लिया प्रस्थान गरेका थिए ।
नेफेसो अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङका अनुसार यादवले आइतबार त्यहाँ सांसदहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सिड्नीको संसद भवनमा आयोजित कार्यक्रममा अष्ट्रेलियाली राजनीतिक दलका नेता तथा सांसदहरुसँग भेटघाटको कार्यक्रम राखिएको नेसेफो अध्यक्ष तामाङले जनाकारी दिए । तामाङका अनुसार यादवले पूर्व अध्यागमन मन्त्री टोनी बर्क, सांसद सोफी कोटसिस, क्यान्टबरीका पूर्व मेयर कार्ल सालेह लगायततका नेताहरुसँग भेटघाट गर्नेछन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण