मसानघाटमा आपत आएपछि मलामीको भागाभाग
एक व्यक्तिको अन्तिम दाहसंस्कारका लागि मसानघाट लिएर जाने मलामी नै ज्यान बचाएर भाग्न परेको छ । यस्तो घटनामा २४ व्यक्ति त घायल नै भएका छन् ।
घटना भारतको हिमाचल प्रदेशको उना जिल्लाको हो । यहाँ गाँउका मानिस शव लिएर मसानघाट गएका थिए, त्यहाँ उनीहरुलाई मौरीले अचानक हमला गरे । मौरीको टोकाइबाट दुई दर्जन व्यक्ति गंभीर घाइते भएका छन् । घटनाका बेला मानिसहरु आत्तिएका थिए । कतिपय मानिस ज्यान बचाउन जमिनमै सुतेका थिए ।
घाइतेको उपचारका लागि अस्पताल भर्ना गरिएको छ । डंगाहखास गाँउका पूर्वप्रधाज पदम जयसवालका भाइ राजेन्द्रको अन्तिम संस्कारका लागि गाँउलेहर मसानघाट भएका थिए । यो शुक्रवारको घटना हो । हिमालको प्रर्यटन विभागबाट सेवानिवृत राजेन्द्र समाजसेवी थिए । त्यहीँ कारण उनको दाहसंस्कारमा धेरै मानिस गएका थिए । मानिसहरु मसानघाटमा दाउरा जम्मा गरेर दागवत्ती दिने तयारी गर्दै थिए । त्यही बेला एक बादरले नजिकको रुखमा उत्पात मच्चायो । रुखमा माहुरीको गोलो थियो । जव बादरले रुख हल्लायो, रिसाएका माहुरीले मसानघाटमा जम्मा भएका मानिसहरुमाथि टोक्न शुरु गरे । घटनामा भाजपाका प्रदेश कार्यकारीणी सदस्य पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण