व्यापार घाटा ५ खर्ब ४४ अर्ब
आइतबार, ०५ असार २०७३, ११ : ५१
काठमाडौं–नेपालको बैदेशिक व्यापारमा ५ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ घाटा रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो दश महिनाको मुलुकको आर्थिक विवरण अनुसार चालु आर्थिक बर्षको दश महिना अवधीमा भात, चीन तगायत तेस्रो मुलुकसँगको व्यापारमा नेपालले ठूलो घाटा व्यहोरि रहेको देखिएको छ ।
यो अवधीमा निर्यात भन्दा आयातमा भएको वृद्धिले व्यापार सन्तुलन कायम हुन नसकेको राष्ट्र बैंकले जनाएको छ । दश महिना अवधीमा नेपालवाट जम्मा ५५ अर्व ६० करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ । यो निर्यात अघिल्लो आवको तुलनामा २१.७ प्रतिशतले कमी हो । अघिल्लो आवमा ५.५ प्रतिशतले मात्र घटेको निर्यात घटेको थियो । भारततर्फ ३३.४, चीनतर्फ ३५.६ प्रतिशतले निर्यात घटेको छ । अन्य मुलुकमा भने ४.१ प्रतिशतले बढेको जनायएको छ ।
भारततर्फ जिङ्क शीट, जिआइ पाइप, जुस पोलिष्टर लगायत निर्यात हुने गरेको छ भने चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोखाक, लगायतका वस्तु निर्यात हुने गरेका छन् । अन्य मुलुकमा उनी धागो, गलैचा, तयारी पोखाक, पश्विना, चीया लगायत निर्यात हुने गर्छ ।
यस आवको दश महिनामा आयात ४.६ घटेको देखिएको छ । भारतीय नाकावन्दीका कारण भारतसँगको आयात–निर्यात प्रभावित हुँदा आयात पनि केही कमी आएको हो । नेपालले सवैभन्दा वढी भारतवाट आयात गर्ने गरेको छ । पेट्रोलियम पदार्थ आयातमा मात्रै वर्षेनी खर्वौ रुपैयाँ खर्च हुने गरेको छ । दश महिनामा नेपालले ५ खर्ब ९९ अर्व ३६ करोड रुपैयाँ वरावरको वस्तु आयात गरेको छ । चीनतर्फ आयात ९.५ बढेको भएपनि यो अवधीमा भारततर्फको आयात ७.८ र अन्य मुलुकसंग ४.१ ले घटेको छ । चीनवाट रासायनिक मल, दुरसंचारका सामान, तयारी पोशाक लगायत आयात वढेको हो भने भारतवाट पेट्रोलियम पदार्थ, एमएस विलेट, रासायनिक मल आयात घटेको हो । यस्तै, तेस्रो मुलुकवाट चाँदी, हवाइजहाजका पार्टपुर्जा, खाने तेल सुपारी लगायतको आयात घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण