तीन कार्यालय डुबानमा
आइतबार, ०५ असार २०७३, १६ : २१
गौशाला–सदरमुकाम जलेश्वरमा आज अचानक परेको पानीले यहाँका तीनवटा कार्यालय डुबानमा पारेको छ ।
करिब ११ बजेतिर परेको पानीका कारण जलेश्वरमा अवस्थित नेपाल प्रहरी, जिल्ला अदालत र कारागार कार्यालय डुबानमा परेका हुन् ।
वर्षाको पानीले तीनवटै कार्यालय परिसर जलमग्न भएका छन् भने अगाडिको बाटो र नालासमेत नदेखिने अवस्थामा पुगेको छ ।
जिल्लाको तीन महत्वपूर्ण कार्यालय वर्षाको पानीले जलमग्न भएपछि सुरक्षाकर्मी, जिल्ला अदालतका कर्मचारी र कारागार कार्यालयका कर्मचारीलाई काम गर्न समस्या भएको छ ।
साथै, तीनवटै कार्यालयमा कामको सिलसिलामा आएका सेवाग्राहीलाई पनि समस्या भएको छ । निकासको उचित व्यवस्था नभएका कारण पानी परेपछि पटक÷पटक यी कार्यालय डुबानमा पर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त आदिकविको जन्मथलो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण