सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

सोमबार, २९ असार २०८३, ०८ : ०६
सोमबार, २९ असार २०८३

सारांश

  • जल तथा मौसम विज्ञान विभागले विभिन्न नदी तथा खोलाहरूमा जलसतह बढ्ने र भारी वर्षा हुने सम्भावना औँल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
  • कैलाली जिल्लास्थित कटेनी नदीको रतनपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ र अझै बढ्दो क्रममा रहेको छ।
  • सुनसरी जिल्लास्थित ताराहारा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ र मोदी खोलामा आएको बाढी घट्दो क्रममा रहेको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले विभिन्न नदी तथा खोलाहरूमा जलसतह बढ्ने र भारी वर्षा हुने सम्भावना औँल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार सोमबार बिहान ४:४० बजे कैलाली जिल्लास्थित कटेनी नदीको रतनपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। उक्त केन्द्रमा जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

यसैगरी सुनसरी जिल्लास्थित ताराहारा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्रमा अझै थप वर्षा हुन सक्ने सम्भावना रहेकोले त्यहाँ भई बहने स-साना खोलाहरूमा बहाब बढ्न सक्ने चेतावनी दिइएको छ। विभागले ती खोलाका तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाइराख्न सचेत गराएको छ।

यता, मोदी खोलामा आएको बाढी भने हाल घट्दो क्रममा रहेको छ। तर पर्वत र कास्की लगायतका जिल्लाहरूमा रातिको समयमा थप पानी पर्ने सम्भावना कायमै रहेकाले खोला आसपासका बासिन्दालाई बिहानसम्मै उच्च सतर्कता अपनाइराख्न विभागले आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप