विदेश जानेका परीवारको पीडाः सम्पर्कमा नआउँदा नैराश्यता
डोटी– रोजगारीका सिलसिलामा विदेश गए पनि सम्पर्कमा नआउँदा परिवारका सदस्यहरुमा नैराश्यता बढेको छ । सरोकारवाला निकायले खोजी कार्य नगरिदिँदा उनीहरु चिन्तित बनेका छन् । खोजी गरिदिन विभिन्न प्रहरी चौकीमा दिएका निवेदन उपरसमेत प्रहरीले कारबाही अघि बढाएको छैन । कतिपय त दशकौदेखि सम्पर्कविहीन छन् । उनीहरुका आफन्त बाटो कुरिरहेका छन् ।
कफल्लेकी गाविस–६ तिछडाकी ईश्वरा नागरीका श्रीमान भारतमा गएको २१ वर्ष भइसक्यो । तर उनी अहिलेसम्म घरपरिवारको सम्पर्कमा आएका छैनन् । उनले श्रीमानको खोजी कार्य गरिदिन गाउँमा जाने सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिलाई गुहार्दैआएकी छिन्, तर समस्या जस्ताको तस्तै छ ।
कफल्लेकीकै दुर्गा नागरीका श्रीमान बेपत्ता भएको १९ वर्ष भइसक्यो । परदेशबाट गाउँमा नयाँ मान्छे आउँदा उनी झस्किन्छिन् । आश्वासनले उनी हैरान बनेकी छिन् । “आशा देखाउने धेरै आए, तर कुनै अत्तोपत्तो छैन,” उनले भनिन् । जिल्लाका धेरै गाविसबाट विदेश गएका नागरिक बेपत्ता भएका छन् । तर तथ्याङ्क कसैसित छैन ।
सहकारी डिभिजन कार्यालय सिलगढीमा कार्यरत कल्पना खत्रीका श्रीमान वेपत्ता भएको १५ बर्ष भन्दा बढी भईसक्यो । कुनै अत्तोपत्तो छैन । “अझै आश मारेकी छैन,” उनले भनिन् । श्रीमान खोज्न उनले भारतका विभिन्न सहर धाउन पुगिन । तर पत्तो लागेन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०६३ साल असोज यता वैदेशिक रोजगारमा गई बेपत्ता हुनेको सङ्ख्या १२७ जना रहेका छन् । जसअन्तर्गत ७५ महिला, ३० पुरुष, १३ बालिका र ११ जना बालक रहेका छन् । बेपत्ता भएकाको उद्धार भए नभएको कुनै तथ्याङ्क नभएको प्रहरी उपरीक्षक डिल्लीराज विष्ट बताउँछन् । “समयमै उजुरी आउन्न, लामो समयपछि उजुरी आउँदा खोजीकार्य गर्न गाह्रो भएको छ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण