कोरियन भाषा परीक्षामा नक्कली परीक्षार्थीको विगविगी, ८८ जना पक्राउ
काठमाडौं– रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षामा सहभागी हुन आएका ८८ जना नक्कली परीक्षार्थीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । आइतबार पहिलो सिफ्टमा भएकोे उक्त परीक्षामा काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट ११ जना र ललितपुरबाट १० जना गरी २१ जनालाई तथा दोस्रो सिफ्ट काठमाडौँबाट ३८ जना पुरुष ,१ महिला र १ जना बिचौलिया सहित ५७ जना तथा ललितपुसरबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसअघि शनिबारको परीक्षामा पनि ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् ।
यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् ।
आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण