सेयर बजार १०.६७ अंकले घट्यो, एक अर्व ६५ करोड ६५ लाखको कारोबार
आइतबार, ०५ असार २०७३, १८ : ०९
काठमाडौं– साताको पहिलो दिन आज सेयर बजार १०.६७ अंकले घटेको छ । होटल, फाइनान्स रर उत्पादनमुलक समूह वाहेक अन्य सवै समूहको सेयर कारोवार आइतवार घटेको छ ।
दिनभर एक सय ३५ कम्पनीका १९ लाख ३१ हजार ९ सय ८० कित्ता सेयरको खरिद बिक्रिवाट एक अर्व ६५ करोड ६५ लाख ६२ हजार ८ सय ३८ रुपैयाँको कारोवार भएपनि बजार भने १६२२.२७ अंकमा ओर्लिएको छ ।
कारोवार रकम धेरै देखिएपनि अधिकाशं समूहको सेयर कारोवारमा गिरावट आएको छ । केही समयअघि देखि अत्यधिक वढ्दै गएको बीमा समूहको कारोवार ह्वात्तै घटेको छ । बीमा समुहको सूचक १५५.०२, जलविद्युत समूहको १९.८८, बैंक समूहको १०.६६, अन्य समूहको ९.३९ र विकास बैंक समूहको सूचक ४.९३ अंकले गिरावट आएको छ ।
गत साताको सेयर कारोवारका हिसावले अन्तिम दिन विहीवार बीमा समूहको कारोवारमा भएको उच्च वृद्धिले समग्र बजार १२.४७ अंकले बढेको थियो । बीमा समूहको परिसूचक मात्रै ३३०.५३ अंकले बढेकाले विहीवार बजार १६३२.९४ अंकमा पुगेर अडिएको थियो । यो अहिलेसम्मकै उच्च विन्दु रहेपनि आइतवार भने बजार घटेको हो । विहीवार कारोवारका हिसावले पनि दोस्रो रेकर्ड कायम भएको थियो । १ सय ४० कम्पनीका ५६ लाख ८४ हजार ५ सय ५८ कित्ता सेयर खरिद बिक्रिवाट २ अर्व ५ करोड ९४ लाख १४ हजार ५ सय ४ रुपैयाँको कारोवार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण