बुद्ध एयरले भुक्तानी अवधी अगावै तिर्यो ऋण
काठमाडौं–बुद्ध एयरले जहाज किन्दा विश्व बैंकसँग लिएको ऋण भुक्तानी अवधी भन्दा करिव अढाई बर्ष अगावै तिरेको छ । २० मार्च २०१२ मा स्वीकृत भएको विश्व बैंकको भगिनी संस्था इनटरनेशनल फाइनान्स कर्पोरेशनवाट लिएको ७० करोड (६९ लाख डलर) ऋण रकमको भुक्तानी अवधी सन् २०१८ सम्म भएपनि त्यो भन्दा अगावै तिरेको वुद्ध एयरले जनाएको छ । सन् २०११ देखि लिजमा रहेको एटिआर ७२ खरिद गर्दा सन् २०१२ मा वुद्धले सो कम्पनीवाट ऋण लिएको थियो । ऋण लिएर ८६ करोड (८६ लाख डलर) मा उक्त जहाज खरिद गरेको जनाएको छ । कम्पनीले २०१२ मा ऋण लिंदा एक डलरको सटहीदर ८० रुपैयाँ थियो तर सन् २०१६ मा भुक्तानी गर्दा यो सटहीदर १०५ रुपैयाँभन्दा माथि पुगेको जनाएको छ । कम व्याजमा ऋण पाए पनि सटही जोखिम बढेका कारण बुद्ध एयरलाई ऋण छिट्टो भुक्तानीका लागि दवाव परेको हो । बुद्ध एयर देशको सबैभन्दा ठूलो आन्तरिक उडान भर्ने कम्पनी हो । नेपालसँगै अहिले भारतको बनारसमा समेत अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ भने कम्पनीसँग अहिले दुई वटा बिचक्राफ्ट, १९०० डी, तीन वटा एटिआर ४२ र तीन वटा एटिआर ७२ विमान गरी आठ वटा विमान छन् । सात सयभन्दा बढी कर्मचारी कार्यरत बुद्ध एयरले वर्षमा डेढ अर्व रुपैयाँभन्दा बढीको कारोवार गर्ने गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण