चट्याङले ट्रान्सफर्मरमा क्षति पु¥याउँदा विद्युत् सेवा अवरुद्ध
बैतडी– चट्याङले ट्रान्सफर्मरमा क्षति पु¥याउँदा बैतडीको पाटन नगरपालिका र देहीमाडौँमा विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको छ ।
पाटन नगरपालिकाको वडा नं ५ र ६ मा गएको एक महिनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गुजर माविमा सञ्चालनमा रहेको कम्प्युटर शिक्षा प्रभावित भएको छ ।
विद्युत् सेवा अवरुद्ध भएपछि विद्यालयको कम्प्युटर शिक्षा अवरुद्ध भएको प्रधानाध्यापक गोपाल दत्त भट्टले बताए । उनले भने “विद्युत्को अभावमा कम्प्युटर शिक्षा सञ्चालन गर्न नसक्दा पढाइ अवरुद्ध भएको छ ।”
यस्तै स्वास्थ्यचौकीमा फ्रिजमा राख्नुपर्ने खोप पनि राख्न नसकिएको स्वास्थ्यचौकीले जनाएको छ । यस्तै देहीमाडौँ गाविस वडा नं १, २ र ३ मा विद्युत् अवरुद्ध भएको दुई हप्ता बितिसक्दा समेत विद्युत् सेवा सुचारु नभएको स्थानीय बासिन्दाले बताएका छन् ।
विद्युत सेवा बन्द हुँदा गाउँमा सञ्चालनमा रहेका पिसानी मिल बन्द भएका छन् भने मोबाइल समेत चार्ज गर्न समस्या भएको स्थानीय खडक बोहराले बताए । विद्युत् प्राधिकरणका माधवप्रसाद लेखकका अनुसार जिल्लाका धेरै ठाउँमा चट्याङले विद्युत् ट्रान्सफर्मरमा समस्या आएको र बिग्रेका ट्रान्सफर्मर बनाउनका लागि प्राविधिकलाई बोलाउने तयारी भइरहेको छ ।
जिल्लाका पाँचभन्दा बढी ठाउँमा विद्युत्को ट्रान्सफर्मरमा समस्या आएको लेखकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण