खोला पस्ने डरले ६०० घरपरिवार रातभर जाग्राम
बुधबार, ०८ असार २०७३, ११ : १४
मोरङ–पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घरपरिवार रातभर जाग्राम बस्ने गरेका छन् ।
स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका ६०० घरका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका हुन् ।
मुगा खोलाले जमिन कटान गरेर नजिकै आइपुगेको भँगालोले कतिखेर कसलाई बगाउने टुङ्गो नभएपछि उनीहरु रातभर जाग्राम बस्न बाध्य भएको केरावारी–७ का मधुकर राईले बताए ।
खोलाले धार परिवर्तन गरी कटान गर्न थालेपछि स्थानीयवासीलाई खोलाले गाउँ बगाउला भन्ने चिन्ताले छाएको छ । माथिल्लो पहाडी भेगमा पानी आउन थालेपछि खोलाले बगाउला भन्ने त्रास हुने स्थानीयवासी चिन्तामणि गुरागाईंले बताए ।
खोला नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरेका थिए । तर पहाडी भागमा आएको मुसलधारे वर्षाका कारण एकै रातमा बाढी नियन्त्रण गर्ने स्थानीयवासीको प्रयास असफल पारिदिएको गुरागाईंले बताए ।
यो वर्षको झरीका कारण पूर्वी बाँध भत्काएर मुगा खोला गाउँ पसेपछि केरावारी–६ र ७ का करिब छ सय घर बाढीको जोखिममा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण