गुण्डा नाइकेमाथि प्रहरीले गोली हान्यो
बिहीबार, ०९ असार २०७३, १४ : ०४
काठमाडौं– गुण्डा नाइके 'जसवन्त' भन्ने पूर्ण राईलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । उनलाई खुट्टामा दुई राउण्ड गोली लागेको छ भने प्रहरीले घाइते अवस्थामा बीर अस्पताल पुर्याएको छ ।
जबरजस्ती रकम उठाउने गरेको उजुरीका आधारमा पक्राउ गर्न बानेश्वर पुगेको महानगरीय अपराध महाशाखाको टोलीमाथि राई उल्टै जाइलागेपछि प्रहरीले गोली प्रहार गर्दा उनी घाइते भएका हुन् ।
उनलाई नियन्त्रणमा लिन खोज्दा उल्टै जाइलागेपछि गोली चलाइएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । उनको घुँडा र तिघ्रामा दुई गोली लागेको छ ।
राई यसअघि पनि ज्यान मुद्दामा सजाय भुक्तान गरिसकेका व्यक्ति भएको बताइएको छ ।
उनी कालिमाटी, कलङ्कीदेखि बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने र फिरौती उठाउने कार्यमा संलग्न रहेको बताइएको छ । उनी बाफलमा बस्दै आएका थिए ।
फोटो : अशोक दुलाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण