काबुलमा मारिएका तामाङको पानीपिया जंगलमा अन्तिम संस्कार
इटहरी – अफगानिस्तानको राजधानी काबुलमा भएको बम बिस्फोटमा परि मारिएका अकुर तामाङको आज अन्तिम संस्कार गरिएको छ । सुनसरीको इटहरीका तामाङको पानीपिया जंगलमा तामाङ संस्कार अनुसार लामा बाचन गरि अन्तिम संस्कार गरिएको हो । तामाङको शव गए राती ७ बजे इटहरी स्थित निवासमा ल्याइएको थियो । काठमाडौ स्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रक मार्फत चितवन, भैरहवा हुदै बिराटनगर शव ल्याईएको थियो । शव लिन तामाङका आफन्तजन र इटहरी प्रहरीको टोली बिराटनगर विमानस्थल पुगेको थियो । तामाङको शवलाई पिकअप भ्यानबाट इटहरी स्थित तरहरा पु¥याईएको थियो । शव गृहनगर इटहरी आए पछि बिहान इटहरी उपमहानगर स्तरका राजनीतिक दल, कार्यकारी अधिकृत, स्थानिय तथा आफन्तजनको ठुलो भिडले श्रदाञ्जली दिए । उनको घर तरहरा पुगेको राजनितिक सयन्त्रको टोलीले उनको पार्थिव शरिरमा श्रदाञ्जली दिएको थिए । नेपाली काग्र्रेस नगर सभापती हेमकर्ण पौडेल, माओवादी केन्द्रका नगर इन्चार्ज सागर सुवेदी, इटहरी उप–माहानगरपालिका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले पुष्प गुच्छा चडाएर श्रदाञ्जली अर्पण गरेका थिए । मृतकको घर अहिले शोकमा रहेको छ । तामाङको मलामीमा हजारौको सहभागी थिए । अकुर गाँउ घरमा सबैमाझ राम्रो व्यवहार र मिजासिलो व्यक्ति थिए । अन्तिम श्रदाञ्जलीको समयमा सबै भावविहल बनेको थिए । अकुर पाँच वर्षदेखि अफगानिस्तानमा सुरक्षा गार्डका रूपमा कार्यरत । अकुरकी ६५ वर्षीया आमा लाखमाया र श्रीमति गोमा अझै बेहोस अबस्थामा छन । पाँच वर्षअगाडि नेपाली सेनाको जवान पदको जागिर छाडेर अफगानिस्तान गएका अकुरले हेटौंडाकी गोमा गोलेसँग तिन बर्ष अघि मात्र प्रेम विवाह गरेका थिए । अकुर भीमबहादुरका मन्तरे छोरा थिए । खोटाङको दिक्तेल नगरपालिकाबाट २०६० सालदेखि तामाङ परिवार इटहरीको हाँसपोसामा बस्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण